Wednesday, December 7, 2022

दिनभर स्वास्थ्य शिविर गएर बेलुका होटल पसेका डाक्टर बिहान डेराअगाडि मृत फेला

विराटनगरः नोबेल शिक्षण अस्पतालका चिकित्सक डाक्टर विजय यादव शनिबार बिहान मृत भेटिएका छन् । सप्तरीको विष्णुपुर गाउँपालिका–१ स्थित खुरहुरिया घर भएका उनी विराटनगर महानगरपालिका–४ मा डेरा गरी बस्दै आएका थिए ।

प्रहरीका अनुसार यादवको शव गेटभित्र पूर्वतर्फ टाउको, घोप्टो परेको र एउटा खुट्टामा जुत्ता र अर्को खाली अवस्थामा भेटिएको थियो । उनको एउटा हातको कुहिना र मुखबाट रगत बगेको थियो । यादवको शव नजिकै जुत्ता र एउटा लाइटर फेला परेको थियो ।

प्रहरीका अनुसार शुक्रबार बेलुका एयरपोर्ट मोडमा रहेको एक होटलमा बसेका अन्य दुई साथीसँग बसेर बियर सेवनपछि उनी राति करिब ११ बजे डेरातर्फ लागेका थिए । उनका साथीले स्कुटरमा उनलाई डेरा नजिकै छाडेका थिए ।

उनी विगत ४ वर्षदेखि नोबेलमा हाडजोर्नी तथा नशा रोग विभागमा मेडिकल अफिसरका रूपमा काम गर्दै आएका थिए । उनले बंगलादेशबाट एमबिबिएस अध्ययन पूरा गरेका थिए । उनको हत्या भएको आशङ्का गरेपछि सङ्घीय प्रहरी एकाइ कार्यालय धरानबाट ल्याएको तालिम प्राप्त कुकरबाट घटनाको अनुसन्धान भइरहेको छ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट