Friday, January 27, 2023

यी हुन् धर्मदेवी नगरपालिकामा एमालबाट सिफारिस मेयर र उपमेयरका उम्मेदवार

विराटचोकः आगामी ३० वैशाखमा हुने  स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकाको मेयरमा ३ जनाको नाम सिफारिस गरेको छ । सोमबार बसेको एमाले नगर कमिटिको बैठकले नगरको प्रमुखमा ३ र उपप्रमुखमा ३ जनाको नाम सिफारिस गरेको हो । नगर कमिटिको बैठकमा सहमति नजुटेपछि आकांक्षी सबै जनाको नाम जिल्ला कमिटिमा सिफारिस गरिएको हो ।

धर्मदेवी नगरपालिकाको प्रमुखमा एमालेले उदयचन्द्र पौडेल, सूर्यबहादुर पौडेल र भीम लिङ्खाको नाम सिफारिस गरेको छ । सिफारिस गरिएका उदयचन्द्र पौडेल एमाले धर्मदेवीका इन्चार्ज, जिल्ला कमिटि सचिवालय सदस्य तथा वडा नं ५ का वडाध्यक्ष समेत हुन् । सूर्यबहादुर पौडेल एमाले नगर अध्यक्ष तथा लिङ्खा जिल्ला कमिटि उपाध्यक्ष हुन् । उनी अघिल्लो स्थानीय तहको निर्वाचनमा ९ सय मतले पराजित भएका थिए ।

यस्तै, उपप्रमुखमा धर्मदेवी नगरपालिका ३ की कविता श्रेष्ठ, वडा नं ९ की लक्ष्मी गिरी र रेनुका गुरुङको नाम सिफारिस गरेको एमाले धर्मदेवी नगरपालिकाका अध्यक्ष सूर्यबहादुर पौडेलले जानकारी दिए । गिरी र गुरुङ जिल्ला कमिटि सदस्य हुन भने श्रेष्ठ नगर कमिटि उपाध्यक्ष रहेकी छन् । एक जना मात्र उम्मेदवार सिफारिस गर्ने योजना अनुसार नगर कमिटीमा लामो समय छलफल गरी प्रत्यासी उम्मेदवारहरूबीच सहमति जुट्न सकेन । सहमति नजुटेपछि प्रमुखमा ३ र उपप्रमुखमा ३ जनाको नाम जिल्ला कमिटीमा पठाइएको हो ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट