Saturday, October 1, 2022

एमालेले टुङ्गो लगायो सुन्दरहरैंचामा मेयर र उपमेयरका उम्मेद्वार

विराटचोकः यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले मेयर र उपमेयरका उम्मेद्वार टुङ्गो लगाएको छ । एमालेले सुन्दरहरैंचामा केदार गुरागाईलाई मेयर र अकली चौधरीलाई उपमेयरको उम्मेद्वार बनाउने निर्णय भएको नगर कमिटी सचिव सन्तोष घिमिरेले जानकारी दिए ।

गुरागाई प्रदेश कमिटी सदस्य हुन् । उनी अघिल्लो स्थानीय तह निर्वाचनमा पनि एमालेबाट मेयर पदका उम्मेद्वार रहेका थिए । उनी ९ सय ६८ मतको फरकले नेपाली कांग्रेसका उम्मेद्वार शिवप्रसाद ढकालसँग पराजित भएका थिए । उनी इन्द्रपुर साना शहरी खानेपानी आयोजनाका अध्यक्ष हुन् ।

चौधरी पार्टीको नगर कमिटी उपाध्यक्ष हुन् । अखिल नेपाल महिला संघ, थारु कल्याणकारिणी सभालगायतका विभिन्न संघसंस्थामा उनी आबद्ध हुँदै नेतृत्वको अनुभव बटुलेकी व्यक्ति हुन् ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट