Friday, January 27, 2023

पिडारीमा भएको बस दुर्घटनामा गाडी मालिकको मृत्यु, १० जना घाइते

इटहरीः हिजो दिउँसो पौने १ बजे सुनसरीको झुम्का– चतरा सडक खण्ड अन्तर्गत वराहक्षेत्र नगरपालिका वडा नं ४ पिडारीमा यात्रुवाहक बस दुर्घटना हुँदा बसधनीको मृत्यु भएको छ ।

शनिबार चतराबाट झुम्कातिर जाने क्रममा बस पिडारीस्थित पुलमा ठोक्किँदा गाडीमा सवार गाडी मालिकको मृत्यु भएको छ भने दुर्घटनामा १० जना घाइते भएका छन् ।
प्रदेश १–०२–००१ ख ९५०४ नं.को बस अनियन्त्रित भई चतरा–झुम्का नहरको पिडारी पुलमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा परी गाडी मालिक वराहक्षेत्र नगरपालिका १ चतराका ४० वर्षीय सरोज खड्काको शनिबार बेलुका ६ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बसका चालक वराहक्षेत्र– १ चतराका २५ वर्षीय सनम श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका बस मालिक खडकाको उपचारको क्रममा शनिवार बेलुका ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट