
विराटचोकः प्रहरीले मोरङको दुई स्थानमा क्लिनिक सञ्चालन गरिरहेका दुई जना नक्कली भारतीय डाक्टरलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार दार्जिलिङ रानीगञ्ज पानसाली पञ्चायत घर भएका २७ वर्षीय पर्सनजीत बर्मन र दार्जिलिङकै २९ वर्षीय सनोड मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरीका अनुसार बर्मनले पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १ फिलिम हल लाइनमा श्रीराम पाइल्स क्लिनिक सञ्चालन गर्दै आएको प्रहरीले बताएको छ । मण्डल सुन्दरहरैचा नगरपालिका– ३ स्थित गछिया चोकमा कल्पना आयुर्वेदिक क्लिनिक सञ्चालन गर्थे ।
दुवै जनाले नेपाल मेडिकल काउन्सिलबाट अनुमति पत्र नलिई क्लिनिक सञ्चालन गरी डाक्टर हुँ भन्दै ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको हो ।
