Wednesday, December 7, 2022

देशभर इन्टरनेट बन्द हुन सक्ने चेतावनी

विराटचोकः सरकारले विदेशी मुद्रा सिफारिशमा रोक लगाएको भन्दै निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक संघले आपत्ति जनाएको छ । विगत ६ महिनादेखि सेवा प्रदायक संघले इन्टरनेटको रकम भुक्तानी गर्न नपाएको संघले जनाएको छ ।

अपस्ट्रिम प्रोभाइडर्स जस्ता कम्पनीलाई भुक्तानी गर्न विदेशी मुद्रा सिफारिश गर्न पूर्ण रूपमा बन्द गरेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कदमप्रति प्रदायक संघले असन्तुष्टि जनाएको हो ।

शनिबार प्रदायक संघका अध्यक्ष सुधिर पराजुलीले विज्ञप्ति जारी गर्दै इन्टरनेट बन्द भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । रकम भुक्तानी नभएकाले आगामी हप्ताबाट देशभर इन्टरनेट बन्द हुने स्थिति आएको पराजुलीको भनाइ छ ।

संघले वैशाख १९ गते मनाइने राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस पनि नमनाउने घोषणा गरेको छ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट