Saturday, October 1, 2022

गठबन्धनका उम्मेद्वारसँग वाचा पूरा गर्न मतदाताको माग

धरानः विगतमा निर्वाचनमा होमिएका दलहरुले जितेर गएपछि पहिले गरेका सबै वाचा बिर्सिने गरेका हुनाले लोकतान्त्रिक गठबन्धनले उपमहानगरपालिकाको नेतृत्व सम्हालेमा यस्ता विषयमा ध्यान दिन मतदाताले माग गरेका छन् ।

उनीहरुले धरानको खानेपानी समस्याको विषयलाई कोट्याउदै यो एजेन्डा सधँै सबै दलको एजेन्डामा रहे पनि अहिलेसम्म समाधान गर्न नसकेको बताए । धरान–१६ मा घरदैलोमा पुगेका लोकतान्त्रिक गठबन्धनका उमेद्वारहरु समक्ष सर्वसाधारणले थोरै प्रतिबद्धता र धेरै काम गर्न सुझाव दिएका थिए ।

खानेपानीको समस्यामा गठबन्धनका उम्मेद्वारले नगरपालिकाको बजेट कटाएर भए पनि समाधान गर्छौ भन्ने कुरा प्रतिबद्धता गरेकाले आफूहरु आशावादी बनेको मतदाताको भनाइ थियो । धरानको नेतृत्व मात्र नभई जनताको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने नेता धरानलाई चाहिएको उनीहरुले बतारहँदा लोकतान्त्रिक वाम गठन्बन्धका मेयरका उमेद्वार किशोर राईले लोकतान्त्रिक वाम गठबन्धनले प्रतिबद्धता गरेका कुरालाई प्राथमिकतामा राखेर समाधान गर्दै जाने बताए ।

पहिलो प्राथमिकतामा खानेपानी त्यसपछि सडक, बीपी प्रतिष्ठानमा हुने भ्रष्टाचारलगायतका समस्या समाधानमा लाग्ने मेयरका उम्मेद्वार किशोर राईले बताए । लोकतान्त्रिक वाम गठबन्धनका उपमेयरका उम्मेदवार आइन्द्र विक्रम बेघाले प्रतिबद्धतामा उल्लेख गरेका कुरालाई कार्यान्वयन गर्दै धरानका जनतालाई न्याय दिने बताए ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट