Saturday, October 1, 2022

मृत अवस्थामा फेला परेकी प्रशना गिरी ‘सीता’काे हत्या गरेर फालिको माइतीपक्षको आरोप

विराटचाेक ।  झापाकाे अर्जुनधारामा  मृत अवस्थामा फेला परेकी महिलाका आफन्तले आत्महत्या नभएर  हत्या गरेर फालिएको हुनसक्ने आशंका गरेका छन् । अर्जुनधारा ४ मदनपुरकी ३३ वर्षीय सीता गिरीका नामले चिनिने प्रशना गिरी सोही वडामा रहेको टाङटिङ खोलामा शनिवार मृत अवस्थामा फेला परेकी थिइन् । उनको शनिश्चरे(खुदुनाबारी जाने बाटोमा रहेको टाङटिङ पुलदेखि करिब १ किलोमिटर दक्षिणमा पानीमा तैरिरहेको अवस्थामा शव फेला परेको थियो । चारो खोज्ने क्रममा स्थानीयले बिहान खोलामा लास देखेर परिवारलाई खबर गरेकाे स्थानीय डम्बर राई बताउछन् ।  आफूले सुँगुरलाई चारो खोज्ने क्रममा करीब १० बजेतीर लास देखेर गाउँलेलाई खवर गरेको बताए ।

मृतकका सहोदर दाजु विनोद गिरी लासको प्रकृति हेर्दा आत्महत्या नभएर हत्या गरेर फालिएको बताउँछन् । उनी भन्छन् (बहिनीले आत्महत्या गर्नु पर्ने कुनै कारण नै छैन । केही कारण भएको भए हामीलाई भन्नेथिइन । यो सरासर हत्या नभएर सरासर हत्या नै हो । बिहान ५ बजे हराएकी भनिए पनि घरबाट निस्केको कसैले पनि नदेखेको बताउँछन् । मृतकका श्रीमान सन्तोष गिरी भने बेलुका आफू केही ढिलो सुत्न आएको, आउँदा श्रीमती नानी लिएर सुतिरहेको तर बिहान कतिबजे निस्किन भनेर थाहा नभएको बताउँछन् ।

घटना रहस्यमय भएको मृतकका आफन्तको बुझाइ रहेको छ । पाँच बजेतिर हराई भन्नू, घरबाट निस्केको कसैले पनि नदेख्नु, शरिरमा कुनै चोटपटक नदेखिनु, आत्महत्या गर्ने कारण केही नहुनु आदिले पनि घटना सङ्कास्पद भएको माइती पक्षको बुझाइ रहेको छ । केहीले भने घटनामा मृततका परिवारकै मिलेमतो हुनसक्ने पनि आशंका गरेका छन् ।

घटनास्थलको मुचुल्का तयार पार्न डिएस पि रुगम बहादुर कुँवरको नेतृत्वको प्रहरी टिम खटिएको थियो । शनिवार लासको मुचुल्का तयार पारेर पोष्टमनर्टमका लागि घोपा लगिएकाे छ । उनीहरूका एक जना पाँच वर्षीय छोरा रहेका छन् ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट