Wednesday, December 7, 2022

भक्तपुरमा नेमकिपाको अगाडि अरु दल कमजोर, मेयरमा झण्डै २६ हजारको मतान्तर

भक्तपुरः सांस्कृतिक शहर भक्तपुरमा नेमकिपाको वर्चस्व देखिएको छ । सो नगरपालिकाको मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा निवर्तमान मेयर सुनिल प्रजापति २९ हजार २ सय मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार ३ सय ५२ मत पाएका छन् ।

नेकपा एमालेका रवीन्द्र लाछिमस्यूले २ हजार ८ सय ३७, राप्रपाका बद्री लाखाजुले १ हजार १ सय ३८, माओवादी केन्द्रका तुलसीभक्त सुवालले ७ सय ४२, राष्ट्रिय जनमोर्चाका रामभक्त किजुले ४ सय १४ र जनता समाजवादी पार्टीका राजाराम ढुकुछुले १ सय २१ मत पाएका छन् ।

त्यस्तै, उपमेयरमा नेपाल मजदुर किसान पार्टीकै रजनी जोशी २९ हजार ६ सय ९५ मत ल्याएर निर्वाचित भएकी छिन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रञ्जना खर्बुजाले २ हजार ७ सय ८४, नेकपा एकीकृत समाजवादीका ओमचरण अमात्यले १ हजार ७ सय ४२ र राप्रपाकी लक्ष्मी छुस्याबागले १ हजार १ सय ८० मत पाएका छन् ।

भक्तपुरका सबै वडामा नेमकिपाका उम्मेद्वार अत्यधिक मतका साथ विजयी भएका छन् ।

वडा नम्बर र १ मा नेमकिपाका श्याम कृष्ण खत्रीले २ हजार १ सय ४३ मत ल्याएर निर्वाचित भएका छन् ।

वडा नम्बर २ मा पनि नेमकिपाकै हरिप्रसाद बासुकलाले २ हजार ६ सय २५, वडा नम्बर ३ मा नेमकिपाका राजकृष्ण गोराले २ हजार ४ सय ४०, वडा नम्बर ४ मा ३ हजार ५ सय ६२ मत ल्याएर चुनाव जितेका छन् ।

वडा नम्बर ५ मा नेमकिपाका योगेन्द्र मान बिजुक्छेंले २ हजार ७ सय ७६, वडा नम्बर ६ मा पनि नेमकिपाका हरि राम सुवालले ३ हजार २ सय २९ मत ल्याएर चुनाव जितेका छन्। यस्तै, वडा नम्बर ७ नेमकिपाकै उम्मेदवार उकेश कवांलेले ३ हजार ९ सय ६९ मत ल्याएर चुनाव जितेका छन् ।

यस्तै, वडा नम्बर ८ मा कृष्ण प्रसाद कोजुले २ हजार २ सय ८०, वडा नम्बर ९ मा रविन्द्र ज्याख्वाले ४ हजार २ सय ७७ र वडा नम्बर १० मा लक्ष्मी प्रसाद हयौमिखाले २ हजार ६ सय २६ मत ल्याएर नेमकिपाबाट चुनाव जितेका छन् ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट