
विराटचोकः सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० को जारी मतगणनाको २०० मत गनिसकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सो वडामा नेकपा एमालेका उम्मेद्वारलाई बढी मत आएको छ । मेयर पदमा केदारप्रसाद गुरागाईँले ९४ मत ल्याएका छन् । १०० मत गन्दा उनले ५० मत ल्याएका थिए ।
त्यस्तै, सो वडामा नेपाली कांग्रेसका शिवप्रसाद ढकालले ५४ मत पाएका छन् । १०० मत गन्दा उनले २६ मत पाएका थिए ।
राप्रपाका रामबहादुर खत्रीले ८ मत (३+५) मत पाएका छन् । मंगोल नेशनल अर्गनाइजेशनका कृष्णदेव राईले ४ मत (३+१) पाएका छन् । मेयर पदका अन्य उम्मेद्वारले सो वडाबाट अहिलेसम्म मत पाएका छैनन् ।
उपमेयरमा नेकपा एमालेकी अकली चौधरीले ७८ (४५+३३) मत पाएकी छिन् । नेकपा माओवादी केन्द्रका नवराज चापागाईँले ४७ (२२+२५) मत पाएका छन् ।
नेकपा एकीकृत समाजवादीका महेशकुमार आचार्यले १७ (७+१०) मत पाएका छन् । राप्रपाकी सुमित्रा बस्नेतले ९ (२+७) मत पाएकी छिन् ।
मंगोल नेशनल अर्गानाइजेशनकी सानी राईले ६ (३+३) मत र स्वतन्त्र उम्मेद्वार कमलादेवी अधिकारीले ३ (१+२) मत पाएकी छिन् ।
