Wednesday, March 22, 2023

धरानमा शव फेला, हत्या भएको आशंका

सुनसरी । धरानमा एक व्यक्तिको शव फेला परेको छ । धरान ५ को सेउती खोला नजिकको देउराली नजिक अन्दाजी ३०-४० उमेर भएको व्यक्तिको शव भेटिएको हो । शवको पहिचान खुल्न सकेको छैन । शरीरको बिभिन्न भागमा चोट देखिएको कारण हत्या भएको आशंका गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले घटनाको अनुसन्धान भइरहेको बताए । घटना अनुसन्धानको लागि कुकुरसमेत परिचालन गरेको उनले बताए । खोलामा कम गर्न आएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट