Saturday, October 1, 2022

साकेला पर्व बराहक्षेत्रमा धुमधामका साथ मनाइयो 

बराहक्षेत्र । किरात राईहरुले प्रमुख चाडको रुपमा मान्ने साकेला पर्व हो । किरात राईका पुर्खाहरुको भनाई अनुसार यो पर्वमा बाली लगाउने समयमा वर्षा प्रशस्त होस्, दैवीप्रकोप नपरोस, आफ्नो समूदायमा रोगव्याधि नलागोस, सुखशान्ति छाओस भनेर साकेला पर्व मनाइन्छ ।

एक महिनासम्म मनाउने साकेला पर्ब सुनसरीको बराहाक्षेत्रमा धुम धामका साथ मनाइयो । किरातीहरुको घनावस्ती रहेका स्थानमा विशेष महत्वका साथ यो पर्व मनाइन्छ । किरात राइ यायोक्खा प्ररम्भिक कार्य समिती बराहाक्षेत्रको आयोजनामा सुरु भएको साकेला पर्वले जातीय, धार्मिक तथा सांस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्दै द्वन्द्वलाई निरुत्साहित पनि गर्ने सहभागीले बताएका छन् ।

साकेला आफ्ना पितृप्रति श्रद्दाञ्जली व्यक्त गर्न एवम् उनीहरुको सामाजिक क्षेत्रको कार्य, योगदानप्रतिको सम्मान र सम्झनाका लागि गरिन्छ ।

साकेलामा ढोलझयाम्ट बजनाएर सृष्टिका गीत गाउँदै नाचिन्छ । किरात समूदायमा प्रचलित भनाई अनुसार किरात राईहरुको सृष्टिकर्ता पारुहाङ् र सुम्निमालाई खुसी एवम् प्रसन्न बनाउन सर्वप्रथम साकेला नाच नाचिएको थियो भन्ने किराती बुढापाकाको भनाई छ।

साकेला पर्व अन्नबाली छर्ने बेला अर्थात् वैशाख पूर्णिमा र उठाउने बेला मङ्सिर पूर्णिमाका अवसर पारेर वर्षमा दुईपटक मनाउने गरिन्छ। साकेला चाड किरातीहरुको घनावस्ती रहेको पूर्वको धनकुटा, धरान, तरहरा, मोरगको पथरी, लेटाङ्, झापा, इलाम, पाँचथर, ताप्लेजुङ्, सोलुखुम्बु, ओखलढुंगा, भोजपुरलगायतका स्थानमा विशेष महत्वका साथ मनाइन्छ ।

साकेला किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य पर्व मान्ने गरेका छन्। यो पर्वको महत्व बुझाउन यस वर्ष विशेषगरी बालबालिका र युबा युबतीलाई प्रोत्साहन गरेर सहभागी गराइएकोे किरात राइ यायोख्खा उदयपुर बेलकाका अध्यक्ष भन्दर राइले बताउनुभयो ।

नेपालमा साकेला पर्वको इतिहासीक महत्ब छ । तर पछिलो समय यसको महत्ब घट्दै गएको पाइछ । जसले गर्दा नयाँ पुस्तालाई सन्देश दिनका निम्ति पनि साकेला पर्व मनाउन आवश्यक छ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट