Saturday, October 1, 2022

लिटल मिस्टर एण्ड मिस इटहरीको उपाधी रिहान र नम्रतालाई

इटहरी आर्ट एण्ड फाउन्डेसनले आयोजना गरेको पाथिभरा जब लिंक लिटल मिस्टर एण्ड मिस इटहरी २०७९ को उपाधी इटहरीका रिहान दाहाल र नम्रता श्रेष्ठ पाएका छन् । दाहाल जनता मावि अनि श्रेष्ठ कन्चनजंघा मन्टेस्वरीमा अध्ययनरत छन् ।

साना साना बालबालिकाभित्र रहेको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको फस्र्ट रनरअप ब्लुमिङ किन्डरगार्डेन मन्टेश्वरीका अर्चित भट्टराई र रीयाना ओझा घोषित भए भने ममता किन्डरगार्डेन मन्टेश्वरी स्कुलकका दृश्य बराल र कन्चनजंघाकी बिमिशा रेग्मी सेकेण्ड रनरअप घोषित भएको आयोजक संस्थाका सिइओ तुलसी घिमिरेले जानकारी दिए ।

इटहरी क्षेत्र भित्रका दशवटा स्कुलहरुको उपस्थिती रहेका कार्यक्रममा बाल गायक प्रितम आचार्य र कलाकार विक्रम श्रीलाई सम्मान गरिएको कार्यक्रम संयोजक ईश्वरी सिग्देलले जानकारी दिए ।

प्रतियोगिताअन्तर्गत बालबालिकाहरुलाई तालिम दिइएको थियो । तालिममा अशेष तिम्सिनाले चित्रकला, विक्रम श्रिले मूर्तीकला, शोभा बजगाईले बाल दुव्र्यवहार, मनिता तामाङले सौन्दर्य टिप्स, ममता प्रसाईले स्वास्थ्य र सौन्दर्यबारे तालिम र आवश्यक जानकारी दिएका थिए । यसैगरी मनकामना डेन्टलले हेल्थ क्याम्प गरेको थियो ।

टाइटल स्पोन्सर पाथिभरा जब लिंकले गरेको थियो भने फस्ट रनरअप स्पोन्सर सुनसरी सेन्ट जेभियर्स स्कुलले र सेकेन्ड स्पोन्सर ब्लुमिङ किन्डरगार्डेन मन्टेश्वरी स्कुलले गरेको थियो । कार्यक्रममा एनजिओसीसी सुनसरीका पुष्प भट्टराई प्रमुख अतिथि थिए भने कार्यक्रमको सम्पूर्ण कोरियोग्राफीको काम इश्वरी सिग्देलले गरेका हुन् ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट