Saturday, October 1, 2022

तीन दिदीबहिनीले गरे आमाको काजकिरिया 

इटहरी । इटहरीमा तीनजना छोरीले आमाको काजकिरिया गरेका छन् । हिन्दुहरुको परम्परा अनुसार बाबुआमाको मृत्यु हुँदा छोराले नै दागबत्ती दिने र काजकिरिया गर्ने प्रचलन रहेको छ । तर, पछिल्लो समयमा छोरीले पनि आफ्ना बाबुआमाको मृत्यु हुँदा दागबत्ती दिएको विरलै मात्रामा देख्न र सुन्न सकिन्छ ।

त्यस्तै, उदाहरणीय छोरी बनेका छन्, इटहरीका तीन दिदीबहिनी । इटहरी वडा नं. ४ जनता टोलकी ४५ वर्षीय अञ्जु परियारको मृत्यु भएपछि अहिले तीन दिदीबहिनी किरियामा छन् । मृतककी १८ वर्षीया छोरी लक्ष्मी परियारका अनुसार जेठी दिदी विेदशमा रहेकाले अहिले माइली, साईँली र कान्छी छोरीले काजकिरिया गरेका छन् ।

इटहरीको जनता माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत रहेकी लक्ष्मीले परिवारको आर्थिक अवस्था कमजोर भएका कारण समस्या भइरहेको बताउनुभयो । अञ्जुको प्रेसरले हानेर निधन भएको हो । अञ्जुका श्रीमानको प्रेसरले हानेर बिरामी हुनुहुन्छ । अहिले काम गर्न नसक्ने अवस्थामा रहेको उहाँको परिवार आर्थिक अवस्था कमजोर भएकाले समस्या भएको छ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट