
धनकुटा । धनकुटामा पालिका स्तरीय महिला फुटबल प्रतियोगिता हुँने भएको छ। धनकुटा–५, तल्लो टुडिखेलमा यहीँ जेठ २४ देखी २८ गते सम्म महिला फुटबल प्रतियोगिता हुन लागेको हो ।
सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले पालिका स्तरीय प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा जिल्लाका सातवटै पालिकाका टीमको सहभागिता रहने जानकारी दिइयो । प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार र दोस्रो हुनेलाई नगद ३० हजार प्रदान गरिनेछ । २०३० साल चैत ३ गते तत्कालिन राजा विरेन्द्र विराटनगर आउँदा बम प्रहार गर्ने क्रममा मृत्यु भएका रामकृष्ण श्रेष्ठलाई सरकारले २०७४ माघ ३ गते सहिद घोषण गरेको थियो।
उहाकै सम्मानमा २०७६ सालदेखी महिला फुटबल प्रतियोगिता गर्दै आएको प्रतिष्ठानका अध्यक्ष ईश्वर श्रेष्ठले बताउनुभयो। प्रतियोगिता सञ्चालन गर्न झन्डै छ लाख खर्च हुनेछ । प्रतियोगिता धनकुटा नगरपालिकाको आर्थिक सहयोग र सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा हुन लागेको हो ।
