Saturday, October 1, 2022

इटहरीमा पसल फोडेर मोबाइल चोरी

इटहरी । इटहरी ९ स्थित विराटनगर लाईनमा रहेको सपना मोबाइल सेन्टरमा गएराती पसल फुटाएर मोबाइल चोरी भएको छ । पसलका सञ्चालक खड्ग श्रेष्ठले १५ वटा मोबाइल सेट चोरी भएको जानकारी दिनुभयो । पसलको ढोका फोडेर सिसाको केसमा राखिएको नयाँ मोबाइल सेट चोरी भएको वहाँको भनाई छ ।

घटनामा ३ लाख मुल्य बराबरको सेट चोरी भएको प्रारम्भीक अनुमान गरिएको छ । चोरीको बिषयमा इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन दिने सञ्चालक श्रेष्ठले बताउनुभयो ।

पसलको सिसिटिभी फुटेजमा २ जनाले पसलको ढोका फुटाएर मोबाइल चोरी गरेको स्पष्ट देखिएको जनाइएको छ । यता इलाका प्रहरी कार्यालय इटहरीले चोरीमा संलग्नको खोजी कार्य भइरहेको जानकारी दिइएको छ । चोरीमा संलग्नहरुलाई तत्तकाल पक्राउ गरि कडा कारबाही गर्न इटहरी ९ नं. वडाका अध्यक्ष जितेन थापाले आग्रह गर्नुभयो ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट