Saturday, October 1, 2022

इटहरीको डुबान नियन्त्रणको लागि पहल गदै मेयर पौडेल

इटहरी । इटहरी उपमहानगर अगाडि र बजार क्षेत्रमा पानी जम्ने समस्यालाई व्यवस्थित गर्न पहल थालिएको छ । मेयर हेमकर्ण पौडेलको निर्देशनमा मङ्गलबारबाट उपमहानगरको गेट अगाडि रहेको पुरानो संरचना भत्काएर नयाँ ढल निर्माण गरिने भएको छ । पानी पर्दा क्षणभरमै पानी जम्ने कारण उपमहानगरमा आउने सेवाग्राहीलाई असहज हुने गरेको छ । केही दिनभित्रै सम्पूर्ण काम सकिने मेयर पौडेलका स्वकीय सचिव निराजन पाण्डेले जानकारी दिए ।

साथै इटहरीका अन्य क्षेत्रमा समेत ढल निकासको लागि पहल थालिएको उनले बताए । मेयर पौडेलले इटहरीको डुबान र बाढी समस्याको दीर्घकालिक उपाय खोज्न अध्ययन गरेर काम अघि बढाइरहेका छन् । 

 

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट