Saturday, October 1, 2022

इटहरीमा अब बीमाको रेफर स्वास्थ्य चौकीबाट हुने

इटहरी । इटहरी अस्पतालबाट मात्र हुँदै आएको बीमा रेफर अब इटहरीका ४ वटा स्वास्थ्य चौकीबाट पनि हुने भएको छ । नव निर्वाचित मेयर हेमकर्ण पौडेलले पदभार ग्रहण गरेसँगै नगर कार्यपालिकाको पहिलो बैठकले गरेको निर्णय अनुसार अब स्वास्थ्य चौकी हाँसपोसा, पकली, एकम्बा र खनारबाट बीमा रेफर गर्ने व्यवस्था मिलाइएको हो ।

इटहरी अस्पतालमा बीमा रेफर लिन आउने सेवाग्राहीले धेरै सास्ती पाउने गरेको कारण यो सेवालाई सहज बनाउन इटहरीवासीले नयाँ जनप्रतिनिधिहरूलाई आग्रह गरेका थिए । इटहरी अस्पतालमा बिरामीको रेफर लिन झण्डै ५ घण्टासम्म लाइन लाग्नु पर्ने बाध्यता थियो ।

इटहरी अस्पतालले ति स्वास्थ्य चौकीलाई बुधबारदेखि नै रेफर गर्ने व्यवस्था मिलाउन  निर्देशन दिएको छ । 

 

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट