Friday, January 27, 2023

यौन हिंसा विद्ययेक सर्वसम्मतिले स्वीकृत

प्रतिनिधिसभाको बैठकले यौन हिंसाविरुद्धको केही ऐन संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो प्रस्तावमाथि सदनमा सामान्य छलफल भई सांसदहरुले उठाउनुभएको प्रश्नको कानुनमन्त्री कोइरालाले जवाफसमेत दिनुभएको थियो ।जवाफका क्रममा उहाँले यौन हिंसासम्बन्धीका कसूरको हदम्यादका सम्बन्धमा सांसदहरुले उठाउनुभएका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउनुभएको थियो । उहाँले हदम्यादका सम्बन्धमा आफू मन्त्री भएदेखि नै अध्ययन गर्न नेपाल कानुन आयोगलाई अनुरोध गरिएको र सो प्रतिवेदनलाई समेत मध्यनजर गर्दै हदम्यादको प्रावधानलाई आवश्यक सुधार गरिने बताउनुभयो । हदम्याद बढाउँदा सकारात्मक–नकारात्मक परिणामलाई समेत उल्लेख गर्न भनिएको पनि उहाँले बताउनुभयो ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट