
इटहरी । ठेक्का सम्झौता गरि काम समयमै नसक्ने ठेकदारहरूलाई इटहरीका मेयर हेमकर्ण पौडेलले ताकेता गरेका छन् । आइतबार बिदाको समयमा पनि उपमहानगरको कार्यालयमा उपस्थित भएर पौडेलले ठेकदारहरूलाई फोन गदै ताकेता गरेका हुन् ।
के कारणले काम समयमै पुरा हुन नसेको विषय फोनबाटै बुझ्दै पौडेलले ठेकदारहरूलाई अन्तिम चेतावनी समेत दिए । कतिपय ठेकदारहरूलाई भने दुई दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको जनाइएको छ ।
इटहरीका २० वटै वडामा उपमहानगरको बजेट बिनियोजित भएर ठेक्का सम्झौता सकिदाँ समेत काम पुरा नगरेका ठेकदारहरूलाई अब कडा नियम लगाउने मेयर पौडेलले योजना बनाएका छन् ।
ठेक्का सम्झौता पुरा हुँदा समेत काम नगर्ने ठि ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्ने र जरिवाना गर्ने सम्मको नियम ल्याउने तयारी पौडेलको छ । आइतबार ३० भन्दा बढी ठेकदारहरूलाई पौडेलले आफै फोन गरेर कामको पछिल्लो अवस्थाको बारेमा जानकारी लिएका हुन ।
