Wednesday, December 7, 2022

इटहरीमा व्यापारीहरुको कालो पट्टीसहित विरोध प्रर्दशन

सुनसरी । इटहरी चेम्बर अफ कमर्सले देशको खस्कदो अर्थतन्त्रको विषयमा सम्बन्धित व्यक्ति तथा निकायहरूको ध्यानाकर्षण गराउने उद्देश्यले इटहरीमा कालो पट्टीसहित विरोध प्रर्दशन गरेको छ ।

इटहरी उपमहानगरपालिका अगाडि भेला भएका व्यवसायीले कालो पट्टी बाधेर नेपाल सरकारका अर्थ मन्त्री र गर्भनरको विरोध समेत गरे । देशको खस्कदो अर्थतन्त्रलाई सुधार ल्याउन नसक्ने सरकारका र तिनका मन्त्रीकै अदूरदर्शिताको मार व्यवसायीले खेप्नु परेको आक्रोश प्रकट गरेका छन् ।

व्यवसायीहरूले ब्याजदर सगरमाथा चढिसक्यो तपाई कता हो गर्भनर ज्यू ? जस्ता प्रश्न लेखिएका पम्प प्लेट प्रर्दशन गरेका थिए । साथै देशमा उच्च मूल्यवृद्धिका कारण जनतामा पर्न गएको असर प्रति सरकार बेखबर जस्तै बनेको व्यवसायीको भनाई छ । यस्तो राज्य बिहिन अवस्थामा व्यापार व्यवसाय बन्द गर्नु पर्ने स्थिति चाडै आउने प्रदर्शनमा सहभागी व्यवसायीको भनाई थियो ।

प्रर्दशनमा नेपालमा रहेका स्थानीय उघोगलाई काम गर्ने वातावरण बनाउ, स्थिर ब्याजदर कायम गर, देशको नीतिगत र संस्थागत भ्रष्टाचार बन्द गर जस्ता नारा समेटिएका ब्यानर प्रदर्शन गरिएका थिए । इटहरी चेम्बर अफ कमर्सका अध्यक्ष गणेश कटुवालले पहिलो चरणमा यो कार्यक्रम गरिएको बताउँदै सरकारलाई दबाब दिने अन्य कार्यक्रमहरू समेत ल्याउने बताए । 
 

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट