Saturday, October 1, 2022

चलचित्र अभियानको ट्रेलर तथा पोस्टर सार्बजनिक

इटहरी । चलचित्र अभियानको इटहरीमा ट्रेलर तथा पोस्टर सार्बजनिक गरिएको छ । इटहरीमा एक पत्रकार सम्मेलन गरि ट्रेलर तथा पोस्टर सार्बजनिक गरिएको हो । युट्युबमा भने शनिबार ओएसआर डिजिटल मार्फत ट्रेलर सार्बजनिक गरिनेछ। चलचित्रको प्रायः छायांकन धनकुटाको उत्तरपानी क्षेत्रमा गरिएको जानकारी गराइयो । चलाचित्रको एउटा गीत भने इटहरीमै छायांकन गरिएको छ ।ऐतिहासिक तामाङ थातथलो किपटुको कथामा चलाचित्र निर्माण छ ।

चलचित्र तामाङ भाषामा पनि तयारी गरिने निर्माण पक्षले जनाएको छ । चलाचित्रलाई कोशी भिजन फिल्म्सको प्रस्तुति गरेको छ भने लाखमान योन्जन तामाङले लेखन र निर्देशन गर्नुभएको छ । चलाचित्रमा कलाकार जयनन्द लामा, अमर पाख्रीन तामाङ, पुजा तामाङ, दावा फिन्जो तामाङ, श्याम माया तामाङ, रश्मिला वाइवा तामाङ, सन्तोष सराकार, रितेश जंग खत्री, दिनेश तामाङ, दिनेश कोइराला, मदन राई, सम्भु योन्जन तामाङ लगायतका कलाकारहरूले अभिनय गरेका छन् ।

मैना घिसिङद्धारा निर्माण गरिएको चलाचित्रको गीतको शब्द पनि लाखमान योन्जनको रहेको छ। चलचित्रमा दिपा लामा, जोनि तामाङ र सुरज रौनियारको स्वर रहेको छ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट