Saturday, October 1, 2022

इटहरीबाट बेपत्ता १५ बर्षिया बालिका भारतमा फेला 

सुनसरी । इटहरी १६ की १५ बर्षिया बालिका अस्मिता चौधरी भारतमा सुरक्षित फेला परेकी छिन् । प्रहरीका अनुसार उनलाई हरियाणा र पन्जाब राज्यको सिमा क्षेत्रबाट भारतको एन्टी ट्राफिकिङ सेल, भारतीय प्रहरी र साना हात संस्थाको समन्वयमा उनलाई केही दिन अघि एक गाऊबाट उद्धार गरिएको हो ।

चौधरीलाई अहिले भारतकै एक सेफ हाउसमा राखिएको छ । उनको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । उनलाई लिन इटहरीबाट उनका आफन्त र प्रहरी बुधबार भारत जादैछ ।

बालिका सुरक्षित फेला पार्न सफल भएपनि उनलाई त्यहाँसम्म पुराउने विराटनगरका दिनेश मण्डल भने फरार छन् । उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक रबिन्द्र थापाले जानकारी दिए । काका लालु र अर्का एक सहयोगी भने प्रहरी हिरासतमा छन् ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट