Wednesday, March 22, 2023

सामुदायिक अस्पतालमा गर्भवतीको शल्यक्रियासँगै हाडजोर्नीको शल्यक्रिया सफल

इटहरी । सामुदायिक अस्पताल इटहरीले हाडजोर्नी सम्बन्धी जटिल शल्यक्रिया सफलता पूर्वक गरेको छ । भर्खरै मात्र पूर्ण रुपमा सञ्चालनमा आएको इटहरी ४ स्थित सामुदायिक अस्पतालले लामो समयदेखि प्यारालाइसिस भएका पाँचथरका बिरामीको हाडजोर्नी सम्बन्धी शल्यक्रिया गरेको हो ।

बिरामीको बाङ्गो भएको हातको हड्डीको नशा कडा भएर बसेको समस्याको सफल शल्यक्रिया गरिएको सामुदायिक अस्पताल इटहरीका अध्यक्ष टंक दुलालले जानकारी दिए । 

साथै अस्पतालले इटहरीमा पहिलो पटक गर्भवतीको शल्यक्रिया समेत गर्न थालेको छ । धरान र विराटनगरका अस्पतालहरूमा मात्र शल्यक्रिया सुविधा रहेको अवस्थामा इटहरीमा पहिलो पटक शल्यक्रिया सुविधा शुरु गरेको दुलाले जानकारी दिए । अब चाडै अस्पतालमा ब्लड बैंकको आवश्यकता देखिएको र त्यसको लागि पहल थालिएको अध्यक्ष दुलालले बताए । 

 अस्पतालले अहिले २४ सै घण्टा आकस्मिक सेवासहित विशेषज्ञ डाक्टरको सेवासमेत उपलब्ध गराउँदै आएको छ ।

 

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट