Saturday, October 1, 2022

धरानको विजयपुर क्षेत्रमा डेङ्गु भेटियो

धरान । धरान-१४ विजयपुर क्षेत्रमा डेङ्गु, कालाजार र औलो सार्ने लामखुट्टे र भुसुना फेला परेका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाको एकीकृत भेक्टर सर्भिलेन्स कार्यक्रम अन्तर्गत किटजन्य रोगहरूमा औलो, कालाजार, डेङ्गु, हात्ती पाईले, जेइ, जीका भाइरस र स्क्रब टाइफस सम्बन्धी अनुसन्धान गर्न धरान आइपुगेको अनुसन्धान टोलीले सुनसरी जिल्लाको लागि धरान-१४ को विजयपुर क्षेत्र अत्यधिक मात्रामा डेङ्गु सार्ने लामखुट्टे एडिस एजिप्टाई र कालाजार सार्ने भुसुना स्यान्डफ्लाई भेटाएको हो ।

त्यो सँगै विजयपुर क्षेत्रमै औलो सार्ने लामखुट्टे एनोफिलिस पनि फेला पारेको छ ।

अनुसन्धान टोलीले विजयपुरको पिण्डेश्वर मन्दिर आसपासको क्षेत्र, डाडागाउँ लगायतका लामखुट्टेको बढी प्रकोप भएको क्षेत्रमा किटजन्य रोग फैलाउने लामखुट्टे हिजो दिउसो पक्रिनुका साथै लार्भा सङ्कलन गरेको थियो । हिजो साँझ र रातको समयमा सक्रिय हुने लामखुट्टे र भुसुनाको अनुसन्धान भएको थियो । धरान-१४ को पिण्डेश्वर क्षेत्रमा सबैभन्दा बढी डेङ्गु सार्ने लामखुट्टे फेला परेको अनुसन्धान टोलीका इन्टोमोलोजिस्ट आराधना केसीले बताइन् ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट