Friday, January 27, 2023

प्रदेश नं. १ मा १८ प्रतिशत धान रोपाईं

इटहरी : प्रदेश १ मा १८ प्रतिशत रोपाइ भएको छ । कृषि विकास निर्देशनालय प्रदेश १ विराटनगरका अनुसार विगतका वर्षमा भन्दा यसपटक कम धान रोपाईं भएको हो । गत वर्ष यहि समयमा २१ प्रतिशत धान रोपाई भएको थियो ।

प्रदेश १ मा ८ लाख २६ हजार ६ सय ४६ हेक्टर खेतीयोग्य जग्गा रहेकोमा ३ लाख ४० हजार ८ सय २९ हेक्टरमा धान खेती हुने गरेको छ । असार १४ गते सम्म ६१ हजार ३ सय ४ हेक्टरमा धान रोपाई भईसकेको प्रदेश १ का कृषि विकास निर्देशनालयले जनाएको छ ।

प्रदेश १ को सबैभन्दा बढी धान उत्पादन हुने झापा, मोरङ र सुनसरीमा करिब १५ प्रतिशत धान रोपाई भएको छ । प्रदेश १ का पहाडी,मध्य पहाडी र उच्च पहाडी जिल्ला हरुमा पनि धान रोपाई भइरहेको जनाएको छ । समय अगावै मनसुन भित्रिएपनि पर्याप्त मल नपाएका कारण यस वर्ष धान रोपाई कम भएको बताइएको छ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट