Wednesday, March 22, 2023

भेडेटारमा स्काइ वाक बनाउन मन्त्रिपरिषद्ले दियो अनुमति 

सुनसरी । धनकुटा र सुनसरीको सिमानामा पर्ने भेडेटारमा स्काइ वाक बनाउन राष्ट्रिय वन प्रयोग गर्न दिने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । मङ्गलवार बसेको नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले स्काई वाक निर्माणको बाटो खुल्ला गरेको हो ।
नेपाल सरकारको निर्णय सँगै वन क्षेत्रको कारण अन्योलतामा रहेको परियोजना निर्माणले गति पाउने भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेड (निफ्रा) ले ऋण लगानी गर्ने परियोजना वन्डर्स ग्रुपले निर्माण गर्न लागेको हो ।
काठमण्डौको कमलादी र भेडेटारमा बन्न लागेका दुवै परियोजनाको लागी निफ्राले ६७ करोड ५० लाख ऋण लगानीमा गर्ने भएको छ । वन्डर्स ग्रुपले काठमाण्डौका निर्माण गर्ने भनिएको स्काई वाकमा १ अरब लगानी हुने भएको छ । ७८ मिटर उचाइको टावरमा रेस्टुरेन्ट, योगशाला लगायत मनोरम वातावरण अवलोकनको व्यवस्था हुनेछ ।
सोही ग्रुप अन्तरगत वन्डर्स एम्युजमेन्ट पार्क एन्ड अट्राक्सन प्रालीले भेडेटारमा निर्माण अगाडी बढाइएको परियोजनामा २० करोड लगानी हुने अनुमान गरिएको छ । सार्वजनिक निजी साझेदारी अवधारणा अनुरूप निर्माण हुन लागेको सो परियोजनाले प्रदेश १ को पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।
धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट