Wednesday, March 22, 2023

थारुको सम्मानमा इटहरी चौकको नामाकरण गर्न समाजवादी पार्टीको माग

सुनसरी । इटहरी चौकको नामाकरण थारु जातिलाई सम्मान हुनेगरि राख्न जनता समाजवादी पार्टी नेपालले माग गरेको छ । इटहरीमा चौकमा पूर्व राजा विरेन्द्र साहको मुर्ती राखेर विरेन्द्र चौक नामाकरण गर्ने षडयन्त्र भइरहेको प्रति खबरदारी गदै समाजवादी पार्टी इटहरी उपमहानगर समितिले शनिबार पत्रकार सम्मेलन गरि थारुलाई सम्मान हुने गरि चौकको नामाकरण गर्न माग गरेको हो । पार्टीका इटहरी अध्यक्ष डिल्ली सुब्बाले मेयर हेमकर्ण पौडेलले चौकको नामाकरण लोकतान्त्रिक गणतन्त्रको अवमूल्यान हुने किसिमले गरेको जिकिर गर्नुभयो ।

उहाँले राजा रजौटाको मूर्ती राखे इटहरीवासीको अपमान हुने र उत्तेजित बनाउने कार्य हुने भएकाले गर्दा त्यसलाई सच्चयाउनु पर्ने बताउनुभयो । थारुहरुको सम्मानमा इटहरीको पहिचान झल्कने गरि नामाकरण गरिनु पर्ने अध्यक्ष सुब्बाले सुझाव दिनुभयो ।

इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९–८० को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दा थारु जातिलाई प्रथम नागरिक घोषणा गरेको थियो । त्यही भएर थारु जातिलाई सम्मान हुने गरि नामाकरण गरिनुपर्नेमा समाजवादी पार्टीले जोड दिएका छ । समाजवादी पार्टीले इटहरीका आम नागरिकले विश्वासका साथ विजयी गराएको मेयर पौडेल विरेन्द्रको शालिक राख्ने र विरेन्द्र चौक नामाकरण गर्ने बिषयमा प्रत्यक्ष लागेको प्रति दुख व्यक्त गरेको छ । पार्टीका अध्यक्ष सुब्बाले इटहरीको नामाकरण गर्ने बिषयमा पहिचानको आधारमा बनाउन ध्यानकर्षण गराउदै गणतान्त्रिक लोकतान्त्रिक भावना विपरित कदम चालिए आउने परिमाण स्वयम जवाफदेही हुन मेयर पौडेललाई चेतावनी दिनुभयो । उहाँले निर्णय नसचिए चरणबद्द आन्दोलन गर्ने पनि चेतावनी दिनुभयो ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट