Saturday, October 1, 2022

प्रदेश १ को नाम पहिचानका आधारमा हुनुपर्ने लिम्बुवान किरातको माग

इटहरी । लिम्बुवान किरात संंयूक्त संघर्ष समितिले प्रदेश नं. १ को नाम पहिचानका आधारमा हुनुपर्नेमाग गरेको छ। आइतबार इटहरीमा पत्रकार सम्मेलन गरि प्रदेश नं १ को नामाकरण भौगोलिक अवस्था, सामाजिक, सांस्कृतिक, ऐतिहासिक पृष्ठभूमी एबम् पहिचानका आधारमा हुनुपर्ने माग गरिएको हो ।

नामाकरण टुंगो लगाउन राजनीतिक दलहरुले छलफल बढाएसँगै संयुक्त संघर्ष समितिले पहिचानका विषयमा कुनै चाँसो नराखि ठूला राजनीतिक दलले कोशी, सगरमाथालगायत नाम अघि सारेकाले गर्दा त्यसो गरिए आन्दोलन चर्काउने लिम्बुवान किरात संयुक्त संघर्ष समितिका सदस्य कुमार लिग्देनले बताउनुभयो ।

सरोकारवाला सबै पक्षले पहिचानलाई ख्याल गरेर प्रदेशको नामाकारण गर्नुपर्ने लिम्बुवान किरात संंयूक्त संघर्ष समितीले जोड दिएको छ । पहिचानको आधारमा नाम राख्न माग गर्दै असार २७ गते मुख्यमन्त्री तथा सवै राजनीतिक दलका संसदीय दलका नेता, पाटी प्रमुख, प्रदेश प्रमुखलाइ ज्ञापन पत्र बुझाउने पनि संयुक्त संघर्ष समितिले पत्रकार सम्मेलनमा जनायो । यस्तै, असार २८, २९ र ३० गते प्रदेश १ का १४ जिल्लामा नै समिति बनाएर थप दबाब दिइनेछ ।

असार ३२ गते सबै जिल्लामा कोण सभा गर्ने साउन ४ गते प्रदेशको राजधानी बिराटनगरमा बृहत जनप्रदशन गर्ने कार्यक्रम तय भएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट