Saturday, October 1, 2022

योजनाहरूको भुक्तानी फिल्डमै दिदै सुन्दरहरैंचा नगरपालिका

मोरङको सुन्दरहरैँचा नगरपालिकाले चालु आर्थिक वर्ष २०७८-०७९ मा सम्पन्न गरेका आयोजनाहरुको मंगलबार अनुगमन गरेको छ ।

नगरमा सञ्चालनमा रहेका योजनाहरुको जानकारी लिन र उपभोक्तासंग प्रत्यक्ष भेटेर आगामी दिनका निम्ति आवश्यक सल्लाह–सुझाव लिन अनुगमन गरिएको हो । सोही क्रममा निर्माण सकिएका योजनाहरुको भुक्तानी दिन बाँकी रकम समेत प्रदान गरियो । योजना निर्माण भएको स्थानमै गएर रकम प्रदान गर्ने कार्यले सकारात्मक सन्देश दिएको स्थानीयहरु बताउँछन् ।

असारको अन्तिममा योजनाको भुक्तानीलाई लिएर विभिन्न टिका टिप्पनी हुने गरेकाले पारदर्सीताका लागि अनुगमन गरेर सम्बिन्धत ठाउँमै रकम प्रदान गरिएको नगर प्रमुख केदार गुरागाइले जानकारी दिनुभयो ।

नगर प्रमुख गुरागाई नेतृत्व टोलीले सुन्दरहरैँचा क्षेत्रका विद्यालय, सडक पूर्वाधार, मन्दिरलगायतका स्थानको अनुगमन गरेको थियो । अनुगमनमा मेयर गुरागाई, उपमेयर अक्कलीदेवी चौधरीलगायतको टोली खटिएको थियो ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट