Saturday, October 1, 2022

काव्य पुरस्कार काठमाडौकी उपमा आचार्यलाई प्रदान

इटहरी । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती विभिन्न स्थानमा विविध कार्यक्रम गरि मनाउने क्रममा इटहरीमा पनि मनाइएको छ।

इटहरी साहित्यक समूहको आयोजनामा गरिएको कार्यक्रममा इटहरी काव्य पुरस्कार वितरण गरियो । वर्षेनी भानु जयन्तीको अवसरमा इटहरी साहित्यिक समूहले प्रदान गर्दै आएको इटहरी काव्य पुरस्कार यसपटक काठमाडौकी उपमा आचार्यलाई प्रदान गरियो । उहाँलाई नगद १५ राशीको पुरस्कार प्रदान गरिएको थियो ।

सो क्रममा सहभागी कवि तथा लेखकहरुले कबिता वाचन गरेका थिए । भानुभक्तले संस्कृत भाषामा लेखिएको रामायणलाई भावानुवादसहित नेपाली भाषामा प्रस्तुत गर्नुभएको थियो । उहाले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लयका साथ पाठ गर्ने गरिन्छ ।

भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले भानुजयन्तीका अवसरमा विविध कार्यक्रम गर्ने गरिएको छ। विसं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएको भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मिएपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उहाले रामायणलाई नेपाली भाषामा अनुवाद गर्न प्रेरित गर्नुभएको थियो । भानुभक्तको निधन वि.सं १९२५ असोजमा भएको थियो ।

भानुभक्तको जन्मजयन्ती नेपालसहित भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी रहेका देश एवं स्थानमा समेत मनाउने गरिएको छ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट