Saturday, October 1, 2022

इटहरीमा ट्राफिक लाइटको उद्घाटन

सुनसरी । इटहरीमा स्मार्ट ट्राफिक लाइट सञ्चालनमा आएको छ ।  प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र राइले मंगलबार इटहरी चौकमा रहेको लाइटको स्विच अन गरेर समुद्घाटन गर्नुभयो । प्रदेश १ सरकार अन्तर्गतको यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयको २५ लाख रुपैयाँको बजेटमा इटहरीको ४ कुनामा ट्राफिक लाइट जडान गरिएको हो । लाइट जडानसँगै अस्तव्यस्त इटहरीको सडक व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

लाइटमा इटहरी चौकका स्थानियको समेत १० प्रतिशत लगानी रहेको छ । उद्घाटनपछि मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश १ कै केन्द्रबिन्दु शहर इटहरीमा देखिने ट्राफिक व्यवस्थापन सहज हुने बताउनुभयो । ट्राफिक लाइट जडानपछि प्रदेश सरकारले इटहरीमा आकाशे पुल अनि सिसिटिभी क्यामेरा समेत जडान गर्ने योजना रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेश १ सरकारको यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरेले, १ नं. प्रदेश प्रहरी प्रमुख डीआईजी सुदीप गिरी, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रदेश १ सरकारको उपसभामुख शारदा पोखरेल, इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल लगायतले ट्राफिक लाइटले इटहरीको सबारी साधनको अस्तव्यस्त समाधान हुने बताउनुभयो ।

यता मङ्गलबारदेखि सुचारू गरिएको ट्राफिक लाइटको कार्यान्वयन भने १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले गर्नेछ । यात्रु तथा सबारी साधनलाई ट्राफिक लाइट प्रति अभ्यस्त हुन समय लाग्ने र यसको प्रभाव राम्रो हुने १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी बासुदेव खतिवडाले बताउनुभयो । 

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट