Saturday, October 1, 2022

आज वाट इनरुवा नगरपालिकाले बर्खास्त गरेका करारका कर्मचारीहरू अनशन बस्ने 

इनरुवा : शुक्रवार (आज) वाट इनरुवा नगरपालिकाले बर्खास्त गरेका करारका कर्मचारीहरू नसन बस्ने कार्यक्रम तय गरेका छन् । नगरपालिकाले पाँचौ दिन पुग्दा समेत कर्मचारीको विषयमा कुनै पनि चासो नदिएकाले अज बाट नसनको कार्यक्रम तय गरेका हुन् ।
करार सम्झौताको म्याद सकिएपछि म्याद थप नगरी बिदा गरिएका कर्मचारीहरूले आन्दोलन गरेका कारण आइतबारदेखि नगरपालिकासहित दश वटा वडा कार्यलयको कामकाज प्रभावित बनेको हुन ।
आन्दोलनकारीहरुले कालो ब्यानरसहित नगरपालिका अगाडि प्रदर्शन गर्दै आएका छन् । यसैगरी, उनीहरूले करारका  १६७ जना कर्मचारी रहेकोमा सबैलाई निकाल्नुपर्ने वा सबैलाई राख्नुपर्ने माग गर्दै आएका छन् ।
आन्दोलन गरेको लामो समय हुदाँ पनि नगरपालिकाले चासो नदिएको आम्दोलरत कर्मचारीले बताएका छन् ।
नगरपालिकाले केही दिन अधि एक सूचना जारी गर्दै विभिन्न पदका ५७ जना कर्मचारीलाई साउन १ गतेबाट करारनामा नवीकरण नहुने भन्दै सूचना जारी गरेको थियो । 

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट