Wednesday, December 7, 2022

दुर्घटनामा परी २ जनाको मृत्यु

झापा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा बुधवार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

बुधवार साँझ झापाको कमल गाउँपालिका – ५ पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको बागमति प्रदेश ०३००१ क २१२ नम्बरको टिपरले साईकल यात्री तुम्बेवा गाउँपालिका ५ पाँचथरका १६ बर्षीय संजिप ईम्सम लिम्बुलाई ठक्कर दिंदा लिम्बुको घटनास्थलमै मृत्यु भएको हो ।

त्यसैगरी सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका ४ मा भारतिय नम्बर प्लेटको स्कारपियोले मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक बर्दिबास नगरपालिका ६ धनुषाका ३० बर्षीय बालकृष्ण राना मगरको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट