Wednesday, December 7, 2022

बराह ज्वेलर्सको सम्पत्ति रोक्का गर्न माग

धरान बराह ग्रुप धरानद्वारा सञ्चालित बराह ऋण तथा सहकारी संस्थाका पीडितहरूले आइतबार पनि धरान उपमहानगरपालिकामा नाराबाजी गर्दै घेराउ गरेका छन् ।
उनीहरूले बराहमा आफ्नो रकम बचत गरेको फिर्ता नपाएको बताउँदै बराहको सबै सम्पत्ति रोक्का गर्न माग गर्दै धरान उपमहानगरपालिकाको न्यायिक समितिमा दबाब दिएका हुन् । धरान उपमहानगरपालिकाले पीडितहरुको समस्यामा गम्भीर चासो नदेखाएको गुनासो गरेका छन् ।
आइतबार ठूलो संख्यामा पीडितहरु धरान उपमहानगरपालिका आएका थिए । तर मेयर र उपमेयर दुवैलाई उनीहरुले भेट्न पाएनन् । पीडितहरूले बराहको सबै सम्पत्ति रोक्का गरिनुपर्ने, सञ्चालकको निगरानी राख्नुपर्ने र बचतकर्ताहरूको बचत फिर्ता गर्नुपर्ने लगायतको माग राखेर चरणबद्द आन्दोलन गर्दै आएका छन् ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट