Saturday, October 1, 2022

खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने इटहरीका बासीन्दा त्रसित

इटहरी : सामान्य पानी पर्दा पनि इटहरी डुबानमा पर्ने गरेकाले गर्दा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने त्रसित हुने गरेका छन् ।
आइतबार रातभर निरन्तर पानी परेको र जल तथा मौसम विज्ञान विभागले थप वर्षा हुने अनुमान गरेपछि खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने त्रसित भएका हुन् । विशेषगरी इटहरीमा पानी परेर खोलामा बाढी आउँदा सवैभन्दा बढी वडा नं. ३, ४, ९ र १० का बासीन्दालाई असर गर्ने गर्छ । जसमा सामान्य पानी परेर खोलामा पानीको सतह बढ्नेवित्तिकै इटहरी वडा नं.४ गैरीगाउँका बासीन्दा सुरक्षित स्थानको खोजीमा लाग्ने गरेको स्थानीय झरेन्द्र राईले बताउनुभयो ।

इटहरीमा २०७४ मा आएको बाढीका कारण ९ जनाको मृत्यु भएको थियो । त्यतिेबला आएको बाढीले वडा नं. ३, ४, ९ र १० वडा तहसनहस पारेको थियो । त्यसको पीडा भुल्न नपाउँदै गत बर्षको बाढीले इटहरीमा ४ जनाको मृत्यु भएको थियो । अरु थुप्रै अन्नबाली र भौतिक पूर्वाधारमा क्षती पुगेको थियो । यसरी सालिन्दा आएको बाढीले क्षती गर्दै आएपनि सरकारले केही नगरेको इटहरी वडा नं. ४ कै धनमाया बस्नेतले बताउनुभयो ।

इटहरी डुबान भइरहेपनि कारणबारे सरकारी तथा गैरसरकारी निकायले अहिलेसम्म ठोस रिसर्च गरेको छैन् । तर, पछिल्लो समय खेतीयोग्य जमीनलाई टुक्राटुक्रा पारेर प्लर्टिङ् गरि क्रक्रिटका घरहरु निर्माण गर्दा निकासको समस्या रहेकाले गर्दा दुई÷तीन दिन निरन्तर पानी पर्दा वस्ती डुबानमा पर्ने गरेको छ । त्यसो त टेङ्ग्रा खोलाको जग्गा अतिक्रमण भएर साँघुरो भएका कारण पनि इटहरीका धेरै स्थान डुबानमा पर्ने गरेका छन् । धरान वडा नं. ६ को पानीमारीमा शेरा खोला इटहरी वडा नं. ३ मा प्रवेश गर्दा पनि बाढीले असर गर्ने गरेको छ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट