Saturday, October 1, 2022

इटहरीको हाट–बजारमा कोल्ड सेन्टर निर्माण गरिदै, नयाँ हाट–बजार उपयुक्त स्थानमा हुनुपर्ने माग

स्मारिका राई/पारस सुवेदी :

पूर्वमा पहिलेदेखि नै हरेक चोकचोक हाट बजारका केन्द्र हुन्थे । हरेक बार हाट लाग्ने भिन्न भिन्न ठाउँहरु थिए । जतिबेलासम्म बजारीकरणले मुलुकभर पसल खोल्ने चलन सुरु भएको थिएन, त्यतिबेलासम्म हाटबजार मान्छेको आवश्यकता पूरा गर्ने एउटा निर्विकल्प केन्द्र थियो । पछिल्लो समय पहिलेको जस्तो उत्साह नभएतापनि विभिन्न स्थानमा अझैपनि हाट बजारको महत्व छदैछ ।
इटहरीमा ३५ वर्षदेखि हाट बजार लाग्न थालेको थियो । हरेक साताको आइतबार र बुधबार लाग्दै आएको इटहरीको हाट–बजार पछिल्लो समय व्यवस्थित हुदै गएको थियो । इटहरी वडा नं. ९ मा हाट–बजार लाग्दै आएकोमा अब सो ठाउँमा कोल्ड स्टोर निर्माण गरिने भएको छ । जसले गर्दा साप्ताहिक हाट–बजारबाट दैनिक जीविकोपार्जन गर्नेलाई चिन्ताले पिरोलेको छ ।

वास्तवमा हाट–बजारहरूले सम्बन्धित ठाउँको विकासमा टेवा पु¥याउँछ । स्थानीय स्थानमा भएका उत्पादन र सीपदेखि सहरका उत्पादनको बजारीकरणमा यस्ता बजारले अहम भूमिका निर्वाह गरिरहेको छ । तर, इटहरीको हाट–बजारमा कोल्ड सेन्टर निर्माण गर्ने प्रक्रिया थालेकाले गर्दा सर्वसाधारण व्यापारी मारमा परेका छन् ।

अहिले हाट–बजार लाग्ने स्थानमा करिव २५ करोडको लागतमा कोल्ड स्टोर बन्ने भएपछि व्यापारीहरुले अलगै स्थानमा सर्नु पर्ने भएको छ । तर त्यो ठाउँ भने यकिन भएको छैन् । स्थानिय सरकारले उपयुक्त स्थानमा स्थानान्तरण गरेमा मात्र सहज हुने व्यापारीहरुले बताएका छन् ।

हाटबजार व्यवस्थित गर्नको लागि स्थानीय सरकारले महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्छ । अर्कातिर हाटबजारमा व्यापार गरेर परिवार धान्नेहरुलाई चाँडोभन्दा चाँडो व्यवस्थित स्थानमा राख्नुपर्ने नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठन केन्द्रिय उप महासचिव प्रदिप तामाङ् बताउनुहुन्छ ।

इटहरीमा शुरुवातमा इटहरी वडा नं. ४ को आइतबारेमा साप्ताहिक बजार लाग्ने गथ्र्यो । पछिल्लो लामोसमयदेखि साविक इटहरी वडा नं. ८ तथा अहिलेको वडा नं. ९ मा लाग्दै आएको थियो । तर, अब अहिलेको स्थानबाट सार्ने स्थानीय सरकारको योजना अनुसार क्ुनै न कुनै व्यबस्था गर्ने इटहरी वडा ९ का वडा अध्यक्ष जितेन्द्र थापाले बताउनुभयो ।
इटहरीको हाट–बजारमा ८ सय भन्दा बढीले व्यापार गर्ने गर्छन् । इटहरीमा ताजा उत्पादन किन्नको लागि अधिकतरले हाट–बजार नै रोज्छन् । नुन देखि सुन सम्म एकै स्थानमा पाउनको लागि यो भन्दा गतिलो स्थान अन्यत्र छैन । त्यसैले हाट–बजारलाई व्यवस्थित गर्नु जरुरी छ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट