Wednesday, December 7, 2022

कोशी अस्पतालमा आकस्मिक कक्षमा वेड थप

विराटनगरको कोशी अञ्चल अस्पतालको आकस्मिक कक्षमा २८ वटा वेड थप गरीएको छ ।

अस्पतालको आकस्मिक कक्षमा २८ वटा वेड थप गरिएको हो । यसअघि १२ वटा मात्र वेड थिए । अहिले थपिएसँगै ४० वटा पुगेका छन् । धरै विरामीको भिड लाग्ने आकस्मिक कक्षमा वेड थप गरेपछि उपचारमा सहज भएको अस्पतालले जनाएको छ । वेडको अभावमा विरामीलाई भ्mयालमा राखेर उपचार गरिदै आएको थियो ।
आकस्मिक कक्षमा मात्र दैनिक १ सय देखि १ सय ५० सम्म विरामी आउने गरेको इन्चार्ज गजेन्द्र यादवले बताउनुभयो । आकस्मिक कक्षमा भएका सवै वेडमा आवश्यक पर्ने विरामीलाई अक्सिजन आपूर्ति गर्ने व्यवस्था गरिएको छ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट