Wednesday, December 7, 2022

शनिबार थप ६ सय ६० जनामा कोरोना संक्रमण

नेपालमा थप ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ९ सय ४२ पिसिआर परिक्षणका क्रममा ३ सय २६ जना र २ हजार ७ सय ७० एन्टीजेन परिक्षणका क्रममा ३ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ११ हजार ९ सय ७१ जनाको मृत्यु भइसकेको छ । त्यस्तै थप ४ सय ४४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७२ हजार ६४ जना निको भएका छन् ।

हाल नेपालमा ५ हजार ६ सय ४१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट