Saturday, October 1, 2022

थारु समूदायको मिस्टर एण्ड मिस थारु प्रतियोगिता हुँदै

रामधुनी : थारु समुदायको मौलिक संस्कार, परम्परा, बौद्धिक र सौन्दर्य प्रतिभालाई प्रस्तुत गर्न मिस्टर एण्ड मिस थारु २०२२ को चौथो संस्कारणको अडिसन सुरु भएको छ । जह इन्टरटेनमेन्ट प्रालिको आयोजनामा पहिलो चरणको अडिसन साउन २१ गते शनिवार रामधुनीको झुम्कामा भएको हो ।

झुम्काको अडिसनमा १२ जना सहभागी जनाएका छन् । अडिसन झुम्कासँगै शनिवार नै नेपालगञ्ज, विरगञ्ज, चितवनमा एकै पटक भएको हो । अडिसनका लागि निर्णायकमा संगीतकार सुनिल चौधरी, अधिकारकर्मी सीता थरुनी, लक्ष्मी चौधरी र राजिभ चौधरी रहनुभएको छ। अडिसनका क्रममा रामधुनी वडा नं. ९ का वडाध्यक्ष घनश्याम चौधरीले मिस्टर एण्ड मिस थारु प्रतियोगिता समय सान्दर्भिक रहेको बताउनुभयो ।

देशभरबाट छनोट हुने प्रतिस्पर्धामा साउन २४ गते विराटनगर, लहान र टिकापुरको कैलालीमा हुनेछ । साउन २८ गते बुटवल, दाङ र काठमाडौंमा हुनेछ ।

प्रतियोगी छनोट भएर काठमाडांैमा हुने फिनालेका लागि सहभागी हुने छन् । प्रतियोगिताको फिनाले भदौ २५ गते हुने आयोजकले जनाएको छ ।

मिस्टर एण्ड मिस थारु प्रतियोगिताले स्वच्छ रुपमा कला, संस्कृति, सौन्दर्य र प्रतिभालाई उठान गरी उनीहरुको क्षमता प्रस्तुत गर्नेछ ।

प्रतियोगिताका प्रथम विजेताले ५० हजार नगद, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ नगद र अन्य उपहार प्रदान गर्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता सन् २०१७ देखि सुरु गरिएको थियो ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट