
इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’ का प्रतिष्पर्धीलाई नेपाल ल्याएको छ ।
फाउन्डेशनल मेरो डान्स कप ४ र मेरो भ्वाइस कप २ का १२ जनालाई शनिबार झापाको बेलडाँगीमा रहेको शरणार्थी शिविरमा ल्याइएको हो । उनीहरुलाई आफ्नो पूरानो स्थानमा डुलाउन ल्याइएको हो । चाइल्ड केयरको २५ औ वार्षिकोत्सवको अवसर पारेर बेलडाँगी शरणार्थी शिविरमा होम भिजिट तथा साँस्कृतिक कार्यक्रम पनि गरिएको थियो ।
कार्यक्रममा विश्वभर छरिएर रहेका नेपाली भाषीहरुको सहभागिता रहेको थियो । विश्वभर छरिएर रहेका नेपाली भाषीहरुलाई एक सुत्रमा बाध्ने र उनीहरुलाई नेपाली भाषाको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरेको इन्ट्रा फाउन्डेसन नेपाल अध्यक्ष तथा अभिनेता दिलिप रायमाझीले जानकारी दिनुभयो ।
उहाँले प्रतियोगितामा विभिन्न देशमा बस्ने नेपालीहरु बिच प्रतिष्पर्धा भएको र उनीहरुलाई नेपाल ल्याइएको जानकारी दिनुभयो । कार्यक्रमको अगष्ट १३ मा कोलमवसमा फाइनल हुने इन्ट्रा फाउण्डेसनका डिल्ली अधिकारीले जानकारी दिनुभयो ।
