Wednesday, December 7, 2022

प्रदेश नं. १ मा साढे अठासी प्रतिशत मात्र धान रोपाई

सुनसरी : प्रदेश १ मा यस वर्ष करिव साढे ८८ प्रतिशत मात्र धान रोपाई भएको छ ।

गत वर्ष साउन महिनाको यो समयमा ९५ प्रतिशत धान रोपाई भएको थियो । यस वर्ष भने धान रोपाइको प्रतिशत घटेको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ । भदौ महिनाको पहिलो साता सम्म धान रोपाई हुने भएकाले प्रतिशत बढ्न सक्ने निर्देशनालय अधिकृत भवानी बस्नेतले जानकारी दिनुभयो ।

गत वर्षको तुलनामा यस बर्ष धान रोपाई कम भएको अधिकृत बस्नेतले बताउनुभयो । उहाँले पर्याप्त बर्षा नभएको र मलको अभाव भएका कारण धान रोपाइ घटेको बताउनुभयो । प्रदेश १ मा ८ लाख २६ हजार ६ सय ४६ हेक्टर खेतीयोग्य जमीन रहेकोमा ३ लाख ४० हजार ८ सय २९ हेक्टरमा धान खेती हुने गरेको छ ।

प्रदेश १ को सवैभन्दा बढी धान उत्पादन हुने तराइका जिल्लाहरु झापा , मोरङ र सुनसरीमा ९१ प्रतिशत धान रोपाई भएको छ । मध्य पहाडमा करिव ८५ प्रतिशत र उच्च पहाडी क्षेत्रमा ८१ प्रतिशत धान रोपाई भइसकेको निर्देशनालयले जनाएको छ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट