Friday, January 27, 2023

लागू औषध दुर्व्यसन विरुद्ध ¥याली प्रदर्शन 

बराहक्षेत्र : बराहक्षेत्र नगरपालिका वडा नं. ५ को वडा कार्यालयले लागूऔषध दुव्यर्सनबिरुद्द आइतबार ¥याली प्रदर्शन गरेको छ । पछिल्लो समय युवापुस्ता लागूऔषधको कुलतमा फस्दै गएपछि सचेतना फैलाउनका लागि वडा कार्यालयले काला बञ्जार एरियामा ¥याली प्रदर्शन गरेको हो ।

भरौल प्रहरी चौकी कालाबञ्जरसँग सहकार्य गरेर वडा कार्यालयले लागू औषध दुव्यर्सनीविरुद्ध प्रदर्शन गरेको हो । सो क्रममा वडाध्यक्ष रोहित काफ्लेले अहिले लागू औषध दुव्यर्सनीमा धेरै युवा फसेकोले गर्दा सचेतना कार्यक्रम गरेको बताउनुभयो ।

¥याली प्रदर्शनका क्रममा जगनाथ डेडराज जनता माध्यमिक विद्यालय, सिद्दार्थ मेमोरियल इङ्लिस स्कुल, मिलीजुली आधारभूत विद्यालय, मुनबिम एकेडेमी, डिभाइनट लाइट एकेडेमीलगायतका विद्यार्थीहरु विभिन्न क्लब, स्थानिय जनप्रतिनिधी, व्यापारी, विभिन्न दलका राजनीतिक दलका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट