Saturday, October 1, 2022

जग्गा कारोबारीद्वारा विद्यालयको जग्गा हडपेर प्लटिङ 

इटहरी : इटहरी वडा नं. ७ र ८ को सीमनामा रहेको जनता माध्यमिक विद्यालयको जग्गा व्यक्तिले हड्पेर प्लर्टिङ् गरेका छन् । जग्गा कारोबरी तर्कराज कार्कीले हडपेर प्लर्टिङ् गरिएको हो ।

इटहरी वडा नं. ७ र ८ को सीमनामा इटहरीकै पूरानो जनता माध्यमिक विद्यालयको १३ विघा जग्गा छ। जुन जग्गाको केही भाग जग्गा कारोबारी तर्कराज कार्कीले हड्पेर प्लटिङ् गरेपछि विद्यालय र स्थानीयबासीले बिरोध जनाउँदै आएका छन् ।
जनता माध्यमिक विद्यालयको जग्गाबाट पूरानो टेङ्ग्रा खोला समेत बगेको छ । त्यही खोला बगेको स्थानलाई पर्खाल लगाएर जग्गा कारोबारी कार्कीले हड्पेको विद्यालयले जनाएको छ। यसरी जग्गा कारोबारी कार्कीले हडपेको जग्गा संरक्षण गर्न विद्यालयले स्थानीय सरकारको ध्यानाकर्षण गराउने तयारी गरेको प्रधानाध्यापक पशुपति सिग्देलले बताउनुभयो ।

विद्यालयलाई जग्गादाताहरुले दिएको जग्गा श्रृखलाबद्द रुपमा विभिन्न समूह र गिरोहले हड्प्दा नियमनकारी निकायको ध्यान नगएको स्थानीयको आरोप छ ।

जग्गा कारोबारी कार्कीले विद्यालयको जग्गा हड्पेर खोलाबाट पर्खाल लगाउँदा इटहरी वडा नं. ७ र ८ का थुप्रै घरहरु डुबानमा पर्नेछन् । एकातिर इटहरीमा सामान्य पानी पर्दा पनि डुबान हुने गरेकोमा खोलाबाट पर्खाल लगाउँदा थप क्षती हुने निश्चित भएको स्थानीयले बताएका छन् ।

हुन त स्थानीय जग्गा कारोबारीले खोलाबाट पर्खाल लगाउँदै देखि ध्यान केन्द्रित भएर रोक्न दबाब पनि दिएकै थिए । तर, उनीहरुको दबाब फित्तलो हुन पुग्यो । जग्गा कारोबारी कार्कीले पर्खाल लगाएको ठेकेदारलाई पैसा समेत नदिएर अनेक बाहनाबाजी गरि निर्माण सकिएपछि मात्र भुक्तानी दिने भन्दै दबाब दिने गरेको ठेकेदारले जनाएका छन् ।

जग्गा कारोबारी कार्कीले भने आफुले विद्यालयको जग्गा नमिचेको जिकिर गर्नुभएको छ। वडा न ७ र ८ कै वडाध्यक्षलाई साक्षी राखेर जग्गा नापी गरि पर्खाल लगाएको उहाँको जिकिर छ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट