Saturday, October 1, 2022

श्रीलंका  टापुको जनजीवन सहज बन्दै

सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ को आधा–आधा भागमा फैलिएको श्रींलका टापुको दैनिकी सामान्य बन्दै गएको छ। 

श्रीलंका टापुमा आठ सय घरका तीन हजार भन्दा बढी जनसङ्ख्याको बसोबास रहेको छ ।श्रीलका टापुमा अबरुद्द विद्युत सेवा सुचारु भएको, घरमा पसेको पानी विस्तारै सुक्दै गएको र सप्तकोसीको पश्चिमी भङ्गालोले कटान कम गर्न थालेकाले गर्दा सहज भएको स्थानीयले बताएका छन् । 

सप्तकोशीले धार परिवर्तन गरेर उदयपुरबेलकाका पाँचवटा वडामा प्रवेश गरेपछि भने बस्ती उत्तरबाट समेत घेरिएको छ। श्रीलंका टापुका बासिन्दाको नम्बरी जग्गा अहिले सप्तकोशीको पश्चिमी भङ्गालो बगि रहेको स्थानमा पर्छ । श्रीलंका टापुका बासीन्दाको अवस्थाबारे बुझन सोमबार बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की नेतृत्व टोलीले स्थलगत रुपमा निरीक्षण समेत गरेको छ। 

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट