Friday, January 27, 2023

केशलिया व्यूटिफिकेशसनको निर्माण कार्य सुरु

बिराटनगर : केन्द्र र प्रदेश सरकारले बजेट विनियोजन गरेसँगै केशलिया व्युटिफिकेसन सहित कोरिडोर निर्माण कार्यको सुरुवात भएको छ ।

सोमबार विराटनगरमा आयोजित बुढी तथा केशलिया नदी कोरिडोर तथा संरक्षण योजनाका संर्दभमा छलफल तथा अभिमुखीकरण कार्यक्रममा कोरिडोर निर्माणका लागि विज्ञहरूले प्रस्तुती दिएका हुन् । नदी क्षेत्रमा गएर गरिएको अनुसन्धानबाट कोरिडोर निर्माण गर्दाका हुने फाइदा र चुनौतीका बारेमा अवगत गराएका छन् ।

विज्ञहरू डा. महेन्द्र सुब्बा, प्रशान्त मल्ल तथा जेनी श्रेष्ठले दिगो विकासको अवधारणा अन्तरगत आयोजना सञ्चालन गर्न सकिने बताएका छन् । नदीबाटै नागरिकको आर्थिक अवस्थालाई चलायमान बनाउनका साथै नदी शौन्दर्यकरणका लागि आयोजना सञ्चालन गरिने प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले बताउनुभयो ।
कार्यक्रमको अध्यक्ष समेत रहनुभएको मन्त्री कार्कीले वृहत् विराट क्षेत्रको अवधारणा अनुसार कार्यान्वयन हुने गरी केशलिया कोरिडोर निर्माण गरिने बताउनुभयो । केशलिया नदीलाइ सौन्दर्यीकरण गर्ने अभियानले विकासको नयाँ स्वरूप देखाउने मन्त्री कार्की बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्वोले परियोजनालाई सम्पन्न बनाउन प्रदेश सरकार लागि पर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष पूर्ण लोक्सम, प्रदेश सचिव, विराटनगर महानगरका मेयर नागेश कोइराला, सुनसरी तथा मोरङका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लगाएर सरोकारवाल निकायका प्रमुखका प्रतिनिधिको सहभागिता रहेको थियो । आर्थिक वर्ष २०७९–८० को बजेटमा सहरी नदी कोरिडोर कार्यक्रम अन्तरगत संघीय तथा प्रदेश सरकारले बजेटको विनियोजन गरेपछि केशलिया कोरिडोर निर्माणको प्रक्रिया थालिएको हो ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट