Wednesday, December 7, 2022

प्रदेश नं. १ का नामाकरण सम्भव भएन् : मन्त्री आङ्बो

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले दलहरुबीच अडान कायमै रहेका कारण यो प्रदेश सभाबाट प्रदेशको नामाकरण सम्भव नभएको बताउनुभएको छ ।

नेकपा माओवादी संसदीय दलका नेता समेत रहनु भएको मन्त्री आङ्बोले बुधबार संसदीय पत्रकार मञ्चका सञ्चारकर्मीहरुसँग कुरा गर्दै राजनीतिक दलहरुबीच सहमति हुन नसक्दा अब नयाँ जनादेशबाट मात्र नाम हुन सक्ने बताउनुभयो । उहाँले अहिले सम्म सहमति नभएको हुनाले यो कार्यकालमा प्रदेशको नामाकरण हुन चमत्कार नै हुनुपर्ने जानकारी दिनुभयो ।

मन्त्री आङ्बोले राजनीतिक दलहरुबीच पहिचानबारे आ–आप्mनो बुझाई रहेकाले पनि नामाकरणमा समस्या रहेको बताउनुभयो ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट