Saturday, October 1, 2022

झुम्का बजारमा अस्वस्थकर मासु विक्री (भिडियो रिपोर्टसहित)

विनोद आचार्य
रामधुनी : सुनसरीको झुम्कामा सडक छेउछाउ र नगरपालिकाले तोकेको स्थानमा मासु विक्री व्यवस्थित नहुँदा उपभोक्ताहरु अस्वस्थ्यकर मासु खान बाध्य भएका छन्। नगरपालिकाले मासु विक्री केन्द्रबाट मासिक शुल्क लिने गरेपनि जथाभावी रुपमा मासु, माछा बिक्री गरिरहेकाले गर्दा उपभोक्ता अस्वस्थ्यकर मासु बाध्य भएका हुन् । खुला ठाउँमा अस्वस्थ्यकर मासुमा झिंगा भन्कि रहेको र धुलोमा राखी गुणस्तरहीन अवस्थमा मासु बिक्री गर्न परेको र यसको व्यवस्थापनमा नगरपालिकाकै कमजोरी रहेको स्वयम् मासु विक्रेताहरु बताउँछन् ।

झुम्का बजारमा मासुमा मिसावट नहुने विश्वास उपभोक्तालाई छ। त्यही भएर झुम्कासँगै आसपासका उपभोक्ताहरुको मासु किन्न विहानदेखि साँझसम्म जमघट लाग्ने गरेको छ। तर, मासु विक्री गर्ने स्थान भने फोहोर हुँदा त्यसलाई व्यवस्थित गर्न नियमनकारी निकायको ध्यान जानु पर्ने उपभोक्ताहरु बताउँछन् ।

हुन त एक करोड रुपैयाँको लागतमा झुम्का बजारमा मासु विक्री केन्द्र व्यवस्थित गर्न वधशाला पनि निर्माण भएको छ। एक पटक सञ्चालन भएर बधशाला बन्द भएको छ। यसलाई सञ्चालन गर्नका निम्ति वडा कार्यालयले नगरपालिकासँग समन्वय गर्ने रामधुनी वडा नं. १ का वडाध्यक्ष महेष चौधरीले बताउनुभयो ।

वधशाला नहुँदा सुरक्षित र स्वस्थ मासु पाउन समस्या भएको छ। अस्वस्थ्यकर मासुकै कारण मानव स्वास्थ्यमा प्रतिकुल असर परेको कुरा सत्य भएकाले गर्दा यसको समस्या समाधान गर्न पनि वडा कार्यालय लागि पर्ने वडाध्यक्ष चौधरीले बताउनुभयो ।

झुम्का बजारमा दैनिक एक हजार केजी माछा, तीन सय केजी सुगुरको मासु र सरदर पाँच सय केजी खसीको मासु विक्री हुने गरेको छ। साथै, झुम्का बजारमा रागाको मासु पनि ५०० केजीभन्दा बढी विक्री हुने गरेको छ।

अतः खुल्ला रुपमा र फोहोर हुने गरि मासु विक्री गर्ने कार्यलाई नियन्त्रण गरी व्यवस्थितरुपमा गर्न स्थानीय सरकारले गम्भीर भएर लाग्नुपर्छ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट