
इटहरी : ब्रह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीले शुक्रबार रक्षावन्धन तथा जनैपूर्णिमा भब्यताको साथ मनाएको छ ।
केही वर्षदेखि निरन्तर रुपमा रक्षावन्धन तथा जनैपूर्णिमा मनाउर्दै आएको ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले यस वर्ष विशेष कार्यक्रमको आयोजना गरी भब्यताको साथ मनाएको हो । दिदी–बहिनी नभएका दाजु–भाईसहित सवै सर्वसाधरणहरुलाई डाकेर रक्षा बन्धन तथा जनैपूर्णिमा मनाइएको हो । समाजमा दाजुभाई तथा दिदी–बहिनीको पवित्र सम्बन्धलाई विखण्डन हुन नदिई आपसी सद्भाव कायम राख्नको लागि मर्यादाको प्रतिक रक्षाबन्धनले महत्वपूर्ण योगदान पु¥याउने भएकाले हरेक वर्ष सामुहिक रक्षाबन्धन कार्यक्रम आयोजना गरिदै आएको ब्रह्मकुमारी राजयोग सेवा केन्द्र सञ्चालिका शारदा दिदीले बताउनुभयो ।
रक्षा बन्धन तथा जैनपूर्णिमा विशेष कार्यक्रममा सुरक्षाकर्मी, नागरिक समाज,सामाजिक संस्थाका व्यक्तिहरुको बाक्लो जमघट रहेको थियो ।
