Saturday, October 1, 2022

माइती नेपालद्दारा तीन जनालाई इ–रिक्सा प्रदान

इटहरी : मानव बेचबिखनको जोखिममा परेका तीन जनालाई माइती नेपाल परामर्श तथा पुर्नःस्थापना गृह इटहरीले इ–रिक्सा प्रदान गरेको छ।
जोखिममा परेका युवतीलाई आवश्यक सीप सिकाएर आत्मनिर्भर बनाउन बुधबार एक कार्यक्रम गरि माइती नेपालले इ–रिक्सा प्रदान गरेको हो । साथंै, सिलाई कटाई सिक्नेलाई विदाई समेत गरेको छ । माइती नेपालले तुलसा अधिकारी, सिता सेपा राई र प्रमिला प्रधानलाई इ–रिक्सा प्रदान गरेको हो ।
माइती नेपाल इटहरी कार्यक्रम संयोजक सुनिता कार्कीले उद्दार गरेर ल्याएका चेलिवेटीलाई बिभिन्न समयमा जिवन उपयोगी सीप प्रदान गर्दैै आएको बताउनुभयोे । कार्यक्रमा संघीय सांसद सीताराम मेहताले माइती नेपालले गर्दै आएको कार्यको प्रसंसा गर्नुभयो । सो क्रममा माइती नेपालका निर्देशक विश्वराम खड्का, वडा नं. २ का वडाध्यक्ष माधव कोइराला, महिला सञ्जालका अध्यक्ष कमला खड्कालगायतले बोल्नुभएको थियो ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट